Tuesday, November 15, 2011

184.गजल-पूर्ण गोर्खाली "मुस्कान"

पूर्ण गोर्खाली "मुस्कान"














धेरै भयो खबर छैन् के छ तिम्रो हाल त्यता ?
म त यहाँ ठिकै थिएँ सुनाँउ तिम्रो चाल त्यता !

जस्तो सुनेँ उस्तै भनेँ खास कुरो के हो कुन्नि,
बिग्रिएको भन्छन् हो र ! अचेल तिम्रो ताल त्यता !

सुन्दै छु म , आफै जान्ने समाजको मै हूँ भन्दा,
प्रति दिन खान्छौ अरे दुनिँयाको गाल त्यता !

मनन् योग्य कुरा गर नगर्नु भो पक्षपात ,
फेरी किन बुन्छौ तिम्ले आफै फस्ने जाल त्यता ?

रैछौ तिमी स्वार्थि क्यार बुझ्न चाहेँ यति कुरा,
पर्ख अब फर्कि हाल्छु यो आँउदो साल त्यता !
पूर्ण गोर्खाली "मुस्कान"
गोर्खा - 3
मसेल, सपुङ्गे

No comments :

Post a Comment