Thursday, December 15, 2011

192.गजल- निराशा....शाहदेब कटवाल















शान्ति आउँछ सुख ल्याउँछ सबको आशा थियो यहाँ    
झनै ठुलो अशान्तिले जरो गाडी  दियो यहाँ ।।

आफ्नो दुनो सोझ्याउने लुछाचुडी दाउपेच भो
अनियन्त्रित साँढेहरुको दाँइ बिना मियो यहाँ ।।

राम्रो कामको प्रशंसा र नराम्रोलाई सुझाब दिई
एकताको माला गाँस्ने हिम्मत कस्ले लियो यहाँ ।।

शंकै शंका त्रासै त्रासको भूमरीमा पिल्सिएर
जिउँन बाध्य जनताहरुको घाँटी रेटियो यहाँ ।।

सहनुको  त सिमा हुन्छ उत्कर्समा पुग्यौ अब
पौरख गर्ने यि हातहरुको सफाई खोजियो यहाँ ।।

शाहदेब कटवाल
केत्तुके ५ ओखलढुंगा
हाल यु, ए,ई,
   

No comments :

Post a Comment