Thursday, December 15, 2011

193.गजल - सरला गाहा..असोक गौतम क्षितिज















समर्पित चरण को जुठो माया चांहिदैन भो।
सत्य सांचो वोलेको छु झुट्टो माया चांहिदैन भो।

सजाएको मनको मान्छे वाट उपेक्षित हुंदा,
संवेदनशिल वन्छ मन रुखो माया चांहिदैन भो।

ह्रिदयमा कोहि छ भने नवांड भो अन्त सारा,
कन्जुस्यांई गरिएको चुत्को माया चांहिदैन भो।

वन्यौं तिमी सर्व व्यापी गरुन् सवले तिम्रै पुजा,
आफ्नै संसार स्वर्ग मेरो चुट्ठो माया चांहिदैन भो।

सरला गाहा
मिलनचोक, वुटवल

No comments :

Post a Comment