Thursday, September 27, 2012

345.सल्किदैछ आगो, दन् दन् हुने भयो॥

सल्किदैछ आगो, दन् दन् हुने भयो॥
मुटु छिया छिया, झन् झन् हुने भयो॥

कसले के बोल्यो, कसले के खोल्यो॥
एक एक गरी, खण्डन् हुने भयो॥

चोखो प्रेमलाई, घेराउमा राख्ने॥
यो समाज सत्य, बन्धन् हुने भयो॥

पारदर्शी सोच, नहुनाले यहाँ॥
हेर्नुहोस बाधा, अड्चन् हुने भयो॥

जस्लाई सामान्य, कुरा भन्ने गर्थ्यौँ॥
हो त्यही विषय, गहन् हुने भयो॥

"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम

No comments :

Post a Comment