Thursday, March 1, 2012

11. गजल-कुशल सुमन

कुशल सुमन
तप्प तप्प आसुँका दाना झारेर नबस्नु
चिठ्ठीका शब्द हजारौँ पाना सारेर नबस्नु

निठुरी हुन्छ सम्झनाको अद्रिश्य खुकुरी
मन र मुटु सबै अचाना पारेर नबस्नु

सपनाको बगैँचाबीच म भेट्न आउंला
ति नजरलाई तिमी झ्यालखाना बारेर नबस्नु

मायाको बाटो अफ्ट्यारो हुन्छ जित्नु छ हामीले
अवसरवादी छ यो जमाना हारेर नबस्नु

म आउने छु लिएर एक दिन जादुको चिराग
मनमा फुल्ने इच्छा चाहाना मारेर नबस्नु

कुशल 'सुमन'
दोलखा

No comments :

Post a Comment