Friday, March 2, 2012

12.गजल- सुरेन्द्र सुमन

सुरेन्द्र सुमन
मान्छेले मान्छेको तस्करी गरिरहेछ ।
खै कुन मनले यो कसरी गरिरहेछ ।

खाने लाउने समस्या होइन यहाँ,
सरकारी धनमा मन परी गरिरहेछ ।

मान्छेलाई मार्नु हुदैन भन्ने मान्छे,
आफै अपराध थरी थरी गरिरहेछ ।

ऐन नियम बनाईएका छन् थुप्रै,
तर उल्लघंन घरि घरि गरिरहेछ ।

जवानीमा धर्म विरुद्ध बाल्थ्यो ऊ,
बुढेसकालमा आज रामहरी गरिरहेछ ।

कुर्सीमा स्वंयम बसेको छ शानले,
विद्रोहका धम्की सडक भरी गरिरहेछ ।

“सुमन” तिमी मेरो राजा हौं भन्छ ऊ
तर खुट्टाले कुचाल सुस्तरी गरिरहेछ ।

No comments :

Post a Comment