मेरो जस्तै,तिम्रो भाग्य,फुटेको त,छैन साथी?
कुरितीले, यसरी नै, लुटेको त,छैन साथी?
मिलिजुली,फुल्ने फुल,एक्लो जात,फुल्छु अरे
विमतीमै,रम्ने तत्व,जुटेको त,छैन साथी
सारा खुशी,संविधान,ढुकुटी नै,रित्ते पनि
घात चोट,मात्र फिर्ता,छुटेको त,छैन साथी?
संविधान,चर्चागदै ,रात दिन,खर्चे पनि
सपना ति,सारा त्यसै,टुटेको त,छैन साथी?
धन्यबाद्।
रोहिणी तिमल्सिना
No comments :
Post a Comment