Wednesday, February 29, 2012

9 . गजल- शिव प्रकाश

(शिव प्रकाश)

खराब अरु  देखाई आफू असल बन्दैछ
खासाको माल बेचिने अर्को पसल बन्दैछ ।।

छोप्नु छ झूठ एउटा फेरि झूठकै कात्रोले
शहरमा अर्को बालुवाको नयाँ सत्तल बन्दैछ ।।

बुझ्नु छ आफैं जीवनको मूल्य अमूल्य कति छ ?
कुल्चाई आत्म – सम्मान मान्छे सफल बन्दैछ ।।

सर्पले दूध पिएर पनि विष नै ओकल्छ
सर्पकै रुपमा मान्छेको नयाँ नसल बन्दैछ ।।

खाएर पनि गाईले घाँस दूध नै दिन्छ है
यो शिव फेरि अरुले ताप्ने मकल बन्दैछ ।।

खराब  अरू    देखाई आफू    असल  बन्दैछ
खासाको माल   बेचिने अर्को   पसल बन्दैछ ।।

छोप्नु छ झूठ    एउटा फेरि    झूठकै कात्रोले
शहरमा अर्को  बालुवाको नयाँ  सत्तल बन्दैछ ।।

बुझ्नु छ आफैं जीवनको मूल्य अमूल्य कति छ रु
कुल्चाई आत्म – सम्मान मान्छे सफल बन्दैछ ।।

सर्पले  दूध    पिएर  पनि    विष  नै  ओकल्छ
सर्पकै  रुपमा   मान्छेको  नयाँ    नसल बन्दैछ ।।

गाईले घाँस     खाएर पनि     दूध नै   दिन्छ है
यो शिव फेरि   अरुले ताप्ने    मकल  बन्दैछ ।।

Shiva Prakash (शिव प्रकाश)


1 comment :

  1. I think the admin of this web site is truly working hard for his
    web site, as here every information is quality based information.

    Also visit my page: marlands

    ReplyDelete