Wednesday, February 29, 2012

8. गजल- स्काई नवीन

  स्काई नवीन
उत्सव नै मान्यौ अरे,मेरो लाश बोकी लादा
डोली चठी गयौ अरे,बाकस मा ठोकी लादा  ।।

घात माथी घात हरु,खातै खात थपिदिदा
खुसी मिल्छ भन्यौ अरे,अंग अंग टोकी लादा  ।।

रिसाएर नानाथरी,गाली अनि श्र।प दिई
यहां हैन भन्यौ अरे,घाट तिर तोकी लादा  ।।

तिम्रो डोली मेरो लाश,दोबाटो मा भेट हुदा
नाना थरी भन्यौ अरे,डोली तिम्रो रोकी लादा ।।
      स्काई नवीन

No comments :

Post a Comment