Monday, February 13, 2012

7. गजल-स्काई नवीन (प्रणय दिवस विशेष)

Sky Nabin
यसपाली त प्रस्ताव गर्छु,मेसो पारी प्रेम दिवश को।।
गुलाफ लिई अघी सर्छु,मेसो पारी प्रेम दिवश को।।

वास्ता नगरी दुनियाको,अंगालो मा बेरी उनी लाई्
मायारुपी सदबीज छर्छु,मेसो पारी प्रेम दिवश को।।

लगलगी मुटु कमाउने,कठाग्रीदो जाडो भएनी
भेट्न उनीलाई बेशी,झर्छु मेसो पारी प्रेम दिवश को।।

घेचे घोचोस कांडा हरुले,वास्ता छैन मलाई त्यस को
गुलाफ बोकी सामुने पर्छु,मेसो पारी प्रेम दिवश को।।

जबरजस्ती गर्ने छैन,यदी उनीले मानिन् भने
खाली सिंउदो म नै भर्छु,मेसो पारी प्रेम दिवश को।।

 स्काई नवीन
 ईटहरी
 हाल
 दोहा कतार
(खै आज भोली दिल भएका हरु  भेट्न बडो मुस्कि छ यदी दिल भएका कोही हुनुनहुन्छ भने (महिला) मित्र यो गजल अनी मेरो मर्म बुझि दिनु होला....)

No comments :

Post a Comment