Sunday, April 15, 2012

18.गजल- मित्रतामा....... (रोहिणी तिमल्सिना)

मित्रतामा,जस्तोसुकै,गर्न जान्ने हामी
जान्दाजान्दै,अरुको भर्,पर्न जान्ने हमी।

मोही दिन्छ,छिमेकिले,कुनै दिन भन्दै
भैँसी फोइ,उस्कै गोठ,भर्न जान्ने हामी।

ठूलो माछा,सानो माछा,उदाहरण दिँदै
सधैँभरी,उसै सँग,डर्न जान्ने हामी।

इच्छामारि,हस्तक्षप,वरदान ठान्दै
उस्कैनिम्ति,कोपिला मै,झर्न जान्ने हमी।

सत्ताकै छ,लुछा-चुँडि,थाती राख्दै अरु
कालापानी,सुस्ता सीमा,सर्न जान्ने हामी।।
धन्यवाद्।
रोहिणी तिमल्सिना

No comments :

Post a Comment