अनगिन्ती छन प्रेमका, खातका कुरा नगरौं।
जिन्दगिनै पछुताउने, बातका कुरा नगरौँ॥
मद्दत गर्न सक्दैनौ त, दु:ख किन दिएको।
जरो सँगै खोदेपछी, पातका कुरा नगरौं॥
कालो बादल फाटेर, घाम लाग्ला सोचेको थें।
जुन अस्तायो पुर्णिमाको, रातका कुरा नगरौं॥
हासो बाटेर के भयो र, आंशु एक्लै पिएको छु।
भिरमा पुग्दा धकेल्ने, हातका कुरा नगरौं॥
धनी गरिब सानो ठुलो, ठानेको त थिईन मैले।
सम्बन्धनै छुटेपछी, जातका कुरा नगरौं॥
कृष्ण पौड्याल
बम्घा १ गुल्मी
जिन्दगिनै पछुताउने, बातका कुरा नगरौँ॥
मद्दत गर्न सक्दैनौ त, दु:ख किन दिएको।
जरो सँगै खोदेपछी, पातका कुरा नगरौं॥
कालो बादल फाटेर, घाम लाग्ला सोचेको थें।
जुन अस्तायो पुर्णिमाको, रातका कुरा नगरौं॥
हासो बाटेर के भयो र, आंशु एक्लै पिएको छु।
भिरमा पुग्दा धकेल्ने, हातका कुरा नगरौं॥
धनी गरिब सानो ठुलो, ठानेको त थिईन मैले।
सम्बन्धनै छुटेपछी, जातका कुरा नगरौं॥
कृष्ण पौड्याल
बम्घा १ गुल्मी
No comments :
Post a Comment