Tuesday, April 24, 2012

20.गजल - बियोगमा पिंडा ब्याथा... (कृष्ण पौडेल)

बियोगमा पिंडा ब्याथा, मल्ने प्रयास नगर।
नुन चुक आलो घाउमा, दल्ने प्रयास नगर॥

लक्ष्य बिहिन यात्राको, गन्तव्य छैन यहाँ।
अधुरो जिन्दगी सित, चल्ने प्रयास नगर॥

चाहेर मात्र हुन्न, परिश्रम पनी गर्नु पर्छ।
फुल नआई कोपिलामै, फल्ने प्रयास नगर॥

आगो बाल्न हैन अचेल, खरानी फु फु गर्छन।
मट्टितेल साक्षी राख्दै, जल्ने प्रयास नगर॥

माकुराको जाल अनी, माया जाल स्वयम रैछ॥
प्रकटमा आउदिन म, छल्ने प्रयास नगर॥

नमस्कार नेपाली गजल म कृष्ण पौड्याल बम्घा एक गुल्मी हाल मुम्बई बाट

No comments :

Post a Comment