Thursday, April 26, 2012

21. गजल - कृष्ण पौड्याल

कृष्ण पौड्याल
उद्धेश्य न बुझी मन पराउनु हुन्न।
माया प्रेम बाध्यतामा गराउनु हुन्न॥

तिमी मेरो म तिम्रै स्विकारन बिन्ती।
नाना थरी वोकालात गर्दै कराउनु हुन्न॥

फल मिल्छ परिश्रमको लालच नगर्नु।
निसानामा संघर्स सित डराउनु हुन्न॥

नगर प्रयास साथ दिलाउन एकोहोरो।
बर्षे भेलमा जिद्दी गर्दै तराउनु हुन्न॥

लेखेको पाईन्छ भाविले, दृष्य छ पापी।
बे-अर्थका कल्पनामा हराउनु हुन्न॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

No comments :

Post a Comment