हिजो जस्तै आज पनि पर्खिरा'छु तिम्रै यादमा
जत्ती चिरा परोस प्रिय चर्किरा'छु तिम्रै यादमा
एउटा गुलाफ थमा'की थ्यौ कसम खादै जाने बेला
आउछौ भनी त्यही बाटो फर्किरा'छु तिम्रै यादमा
सम्झी दुख्ने मनै रै'छ सकिन लौ बुझाउन
हरेक रात सिरानिछेउ दर्किरा'छु तिम्रै यादमा
मर्यो "सौरभ" तिम्रोलागी भन्ने हल्ला छ रे त्यता
त्यही भ'र होला जौ-तिल छर्किरा'छु तिम्रै यादमा
झुले–४, दोलखा
हाल ः बुध्द एयर, चन्द्रगढी, झापा
No comments :
Post a Comment