Tuesday, April 10, 2012

16.गजल-स्काई नवीन

ढाली शिर टेकी त्यहा,अघि बढ्छ किन मान्छे? 
तानी खुट्टा पछी बाट,माथि चढ्छ किन मान्छे??

दबाएर अरुलाई,देखाउन जगत मा 
गर्नु हुन्न हिसां भनि,पाठ पढ्छ किन मान्छे??

लाने हैन मरी केही,दुई दिने जिवन मा
तर पनि आपस मा,युद्द लड्छ किन मान्छे??

न मुटु मा दया राख्छ,न त पाप को नै चिन्ता
जपी नाम राम राम भित्र,सड्छ किन मान्छे ??

स्काई नवीन

No comments :

Post a Comment