Tuesday, April 10, 2012

15.गजल - बिबेक पाठक

तिमीले मलाइ मन परायौ त कसो गरु
म भित्र आफुलाइ नै हरायौ त कसो गरु

कहाँ पो हुन्छ र माया दुबैको मन नमिलि
आखाँ बाट आशु तप्प झरायौ त कसो गरु

धेरै ढिला भयो जाउ अब आफ्ने बाटो गर
पहिले नै भन्न लाइ डरायौ त कसो गरु

बेलैमा भन्न सकेको भए केहि हुन सक्थ्यो
लाज मानि आफै ढिला गरायौ त कसो गरु

मैले तिम्लाइ रोज्न सक्थे दुइशब्द बोलेको भा
डायरीका पन्ना मात्र भरायौ त कसो गरु ?
 बिबेक पाठक
त्रिचन्द्र कलेज

No comments :

Post a Comment