Sunday, April 29, 2012

23.गजल-कृष्ण पौड्याल

शुर अन्तै म सँग माया बसाउनु पर्दैन।
रुवाउने नै हो एक दिन हँसाउनु पर्दैन॥

तिम्रो जिवन सफल होस रमाएर बस्नु।
नामलाई मेरो तिमी सित गँसाउनु पर्दैन॥

घाँडो भयो भन बरु छाडी दिन्छु शहर।
डाएन सईतान लगाएर डसाउनु पर्दैन॥

बाध्यतानै हो भने सही दिन्छु सबै दु:ख।
त्यो हातले आङ्गमा छुरा धसाउनु पर्दैन॥

जे जसरी भए पनी जिउने प्रयास गरेकै छु।
मृत्यु सामु मलाई तिम्ले कँसाउनु पर्दैन॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

No comments :

Post a Comment