एक त्यागी अन्त प्रेम सार्ने बानी छैन मेरो।
रहेको थोरै आत्मबल मार्ने बानी छैन मेरो॥
सके मद्दत गर्छु तर समस्या बढाउ दिन।
झुठो कल्पनामा सागर तार्ने बानी छैन मेरो॥
विस्वास छ असल ठान शंका भए छाडिदेउ।
फुल अनेकौं भँमरा झै चार्ने बानी छैन मेरो॥
जन्म-नु मर्नु एक्लै हो तँछाड मछाड किन।
सम्पत्ती समेट्न काँडा बार्ने बानी छैन मेरो॥
ढाँट्न छल्न लागे सबै साचो बोल्नु ब्यर्थ छ।
सत्यको नै जित हुन्छ हार्ने बानी छैन मेरो॥
कृष्ण पौड्याल
बम्घा एक गुल्मी

No comments :
Post a Comment