तिमी बस्ने मुटु झीकी, फाली दिए मैले
त्रीशुलिको बाटो लगी, हालि दिए मैले
दुखीर्ने छाती यो, कती पाल्नु रोग माया
ओखती यो मृत्यु संगै, गालि दिए मैले
आफ्नो बनी छोडि जादा, मुर्झाउने मायाओखती यो मृत्यु संगै, गालि दिए मैले
माया बोक्ने जीन्दगी नै, ढाली दिए मैले
केहि चिज बाँकि थिए, छोडिएका यतै तीर
तेहि याद सलाइ कोरि, बाली लिए मैले
तेहि याद सलाइ कोरि, बाली लिए मैले
कल्पनाको गहिराईमा चुहिएका मनहरु
छीद्रा छीद्रा खोजी खोजी, टालि दिए मैले
छीद्रा छीद्रा खोजी खोजी, टालि दिए मैले
गौरब श्रेष्ठ (मनकुरा)
जनकपुर, सर्लाहि
कर्मैया -२ बाग्मती
हाल दुबई
No comments :
Post a Comment