
1. गजल एक
उस्लाई लभ पारे भन्छौ, तिमी बच्चै छौ भाइ,
उस्लाई लभ पारे भन्छौ, तिमी बच्चै छौ भाइ,
बाउको शेखी झारे भन्छौ, तिमी बच्चै छौ भाइ,
मर्छु उ बिना भन्छौ रे अचेल, हो एस्तै हुन्छ्
मुटु उतै सारे भन्छौ, तिमी बच्चै छौ भाइ,
कती दिनलाई होला र, खेलाची को माया तिम्रो
अब माया मरे भन्छौ, तिमी बच्चै छौ भाइ,
नामै लिन मन हुँदैन, भनेको होईन र मैले
गाली गर्दै सँगारे भन्छौ, तिमी बच्चै छौ भाइ,
स्वर्गकी उ परी, क्या मिलेको दात भन्थेउ
अब दारे बाङ्गारे भन्छौ, तिमी बच्चै छौ भाइ,
तर्सिए यो माया बाट बोलकिछे अर्किले
ब्यस्थ भन्दै टारे भन्छौ, तिमी बच्चै छौ भाइ
2. गजल दुई
यो शिर त्यसै झुकेको छ,
त्यसैले मन दुखेको छ्,
के गजल लेख भन्छौ साथी
प्रतिभा सबै लुकेको छ्,
डराइ डराइ हिड्छु अचेल्
सत्रुले बाटो ढुकेको छ,
निस्ठुरी मायाले रुवाइ गयो
मायाको गाठो फुकेको छ,
गर्नलाई केहि मान्दैन मन्
मनसँग नाता टुटेको छ,
यो शिर त्यसै झुकेको छ,
त्यसैले मन दुखेको छ्,
3. गजल तिन
म बनाउछु देश्, भोट दिनुहुन्छ ?
करको रुपमा मलाई, नोट दिनुहुन्छ ?
सिम्हदरबारमा काग बस्छन्, मुसा छोरी खान,
फुखालेर तीनको कालो, कोट दिनुहुन्छ ?
सुख,शान्ति अमन्,चैन सबै दिलाउछु,
जनताको दुख मलाई,चोट दिनुहुन्छ ?
आजै देखी सुरु हुन्छ, तयारी सबै,
आउदो चुनब जिताउने, अठोट दिनुहुन्छ ?
शाहर्,सुख,सुबिधा,जिताउने सबलाई,
मा बस्छु गाउमै सानो, गोठ दिनुहुन्छ ?
म बनाउछु देश्, भोट दिनुहुन्छ ?
No comments :
Post a Comment