Thursday, May 10, 2012

30.सम्झेर कसैलाई रुनुको पीडा The Lost Heart


सम्झेर कसैलाई रुनुको पीडा
पाएर सबै केहि नहनुको पीडा

बिषाक्त यो प्रहर बिचमा
तिम्रो तस्बिर छुनुको पीडा

चिथोरि घाउ चीच्चाई आफै
नुनीला आँखा धुनुको पीडा

जलेको मुटु बोकेर छातीमा
कसैलाई माया दिनुको पीडा

शुन्य भै बिबेक चकमन्न सबै
मुटुको चाल रोकिनुको पीडा
::::: Lost Heart ::::::

गौरब श्रेष्ठ (मनकुरा)
कर्मैया-२ सर्लाहि
हाल: दुबई


No comments :

Post a Comment