Wednesday, May 9, 2012

29.गजल -नसाले मात्र मात लाग्छ , म मान्दै मान्दिँन ....मेरो गजल

मेलबाट प्राप्त भएको गुनासो सहितको गजल
यो गजल मेरो हो र मैले यो गजल बुलबुलमा पठाएको थिएँ तर आज अर्कैको  नाममा बुलबुको भाग १४१ श्रीङ्खलामा बाचन भएको छ । मैले फेसबुकमा पनि राखेको थिएँ सायद बुलबुल परिवारको गल्ति भयो होला ।

नसाले मात्र मात लाग्छ , म मान्दै मान्दिँन ।।
परिणम शुन्य हात लाग्छ, म मान्दै मान्दिँन ।।

कमजोरी दुबै तर्फबाट, बराबर हुन सक्छ
प्रेममा सधै घात लाग्छ, म मान्दै मान्दिँन ।।

मान्छे मान्छे एउटै हो, नगरौ भेदभाव
नामको पछि जात लाग्छ, म मान्दै मान्दिँन ।।

असफल हुनुको पछाडी, कारण हुनसक्छ
पराजय सधै साथलाग्छ, म मान्दै मान्दिँन ।।

जोखिम जस्ले लिन्छ, सफल उहि हुन्छ
खतरा मात्र खातलाग्छ, म मान्दै मान्दिँन ।।

चिनेर एक अर्कालाई, बल्ल मायाँ लाउनुहोस्
चोखो प्रेममा बात लाग्छ, म मान्दै मान्दिँन ।।

बुद्धकै मार्गमा यदि हिड्नुहुन्छ भने तपाई
शान्तिमानै रात लाग्छ, म मान्दै मान्दिँन ।।

Copyright Reserved @
राम शरण श्रेष्ठ
चिसापानी–६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/

No comments :

Post a Comment