Friday, May 11, 2012

36.गजल *त्रसित सपनी*

गजल *त्रसित सपनी*

छैन कोहि विस्वासिलो भन्दै थियो उ
पाइला रोकी अन्तै बाटो खन्दै थियो उ

हात राखी पुर्पुरोमा थुक्दै भुइँतिर
फत्फतिदै हातको औला गन्दै थियो उ

बटुवाको चासोमा अतिएर छिटो छिटो
टारटुरमा आनाकानी कन्दै थियो उ

ढुक्क थिए बिउजिएर म सपनीबाट
नत्र त् मानव पासो बन्दै थियो उ

No comments :

Post a Comment