Friday, May 11, 2012

37.गजल-बुझिदिन्छ कस्ले ...

राम शरण श्रेष्ठ
 उपेक्षित छ कर्णाली, बुझिदिन्छ कस्ले ।।
काठमान्डु भो जाली, बुझिदिन्छ कस्ले ।।

गरिबको जिन्दगी, बित्छ दु:खै दुःखमा
सधै ठाडो उकाली, बुझिदिन्छ कस्ले ।।

हुम्ला जुम्ला टाढाभो, बिदेश भन्दापनि
अँध्यारो छ उताखाली, बुझिदिन्छ कस्ले ।।

फर्किएनन् नेताहरु, चुनाव जिते पछि
सक्ताभो शसुराली, बुझिदिन्छ कस्ले ।।

खुरुखुरु किन्नुस्, नसोध्नुस् बजारभाउ
सुन्दा लाग्छ कहाली, बुझिदिन्छ कस्ले ।।

कैले होला सहर जस्तो, हुम्ला जुम्ला पनि
अनिकाल छ यसपाली, बुभिदिन्छ कस्ले ।।

भत्ता देखि सत्तासम्म, चलखेल शक्त्तिकै
धमिराहरुकै हालीमुहाली, बुझिदिन्छ कस्ले ।।


राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

No comments :

Post a Comment