Monday, June 4, 2012

68.माया पाएर, जिउन कति गाह्रो

माया पाएर, जिउन कति गाह्रो

नसा त लाग्छ, पिउन कति गाह्रो

फाट्न त फाटेकै छ मन

हरेक दिन, सिउन कति गाह्रो

पाउनु भन्दा, टिकाउनु कसरी

चारैतिर समय ,भ्युन कति गाह्रो

म सक्दिन एक्लै,जोगाउन फुलबारि

बिश्वासमा मैतिर,लिउन कति गाह्रो

धोका दियौ बैगुनिले,बाचनु कसरि

बसाई सर्ने जहर,पिउन कति गाह्रो

जानै पर्ने भो,तिम्रो खुसिका लागि

तर यो मन अन्तै, दिउन ककति गाह्रो

न उठ्छ फोन,न फर्किन्छ म्यासेज

एक्लै पनि सम्बन्ध सिउन कति गाह्रो

Ramesh Prayas Regmi
tulsipur 3 Dang Nepal

NIC COLEZ, Dang Tulsipur

Nepal

No comments :

Post a Comment