Thursday, June 7, 2012

73.प्रत्येक नशामा तिम्रो त उमंगकोे लहर होला

प्रत्येक नशामा तिम्रो त उमंगकोे लहर होला
यो उमेरमा हा“स्ने खेल्ने तिम्रो पनि रहर होला

जति सक्छौ गाउ“ले संग प्रेमको नाटक गर
तिम्रो मस्तिष्कमा केवल सुविधाको शहर होला

त्यो खाली सिउंदो सजाइदिने प्रस्ताव राखे पनि
अमृत राखेको प्यालामा मेरो लागि जहर होला

मेरो खल्तीमा जे छ जति सक्छ्यौ तिमी आजै रित्याऊ
पाखे संग जीवन नगुजार्ने तिम्रो ठहर होला

सबै तीरबाट अफापै अफाप हुने भए पछि
मेरो जाने ठाउ“ केवल सेतीको नहर होला

No comments :

Post a Comment