Tuesday, June 12, 2012

87.कोपिला नै तोड्यौ क्यारे अब माया नफलाऊ।


कोपिला नै तोड्यौ क्यारे अब माया नफलाऊ।
चितामा आगो बाली मसान घाँटमा नजलाऊ॥

चाहान्थें अती तिम्लाई स्विकारिनौ मेरो माया।
बेअर्थका कल्पनामा अतितका घाऊ नमलाऊ॥

तोडिसक्यौ सबै आँट ठिक्क पार्न पर्दैन भो।
अन्तै प्रेम जोडे हुन्छ मलाई फेरी नछलाऊ॥

चाहे जती तिमिलाई अरुले चाहान्छ मलाई।
निभ्ने दियो कोट्याएर जिद्दी गर्दै नबलाऊ॥

धोखा दियौ तिम्ले त उस्लाई म कसरी छाडु।
पचिसकेको छु बेदनामा अझै मलाई नगलाऊ॥


कृष्ण पौड्याल बम्घा एक गुल्मी

No comments :

Post a Comment