Thursday, June 21, 2012

139.आफैलाई आज, जाँचेर हेरे


आफैलाई आज, जाँचेर हेरे
दुख्छ कती, भाँचेर हेरे

जल्दा सपना, कस्तो हुन्छ
रहर थोरै, साँचेर हेरे

नहुनुको अर्थ, बुझ्न मैले
हाँगा प्यारो, लाछेर हेरे

के हेला जीबन, माया बीनाको
अध्याँरोमा एक्लै, बाँचेर हेरे

प्रेम मा तनाब, सहनु के हो?
पागल झै आफै, हाँसेर हेरे

जोडिन्न फेरि, टुटेको मुटु
फुटेको शिशा, गाँसेर हेरे

No comments :

Post a Comment