तराईको फाँट अनि हिमालमा छ मेरो माटो
पहाडको लेक बेँसी नेपालमा छ मेरो माटो ।
पैताला हुन् टेक्ने सँधै खनजोत गर्ने हात मेरा
नङ, मासु, रगत अनि कपालमा छ मेरो माटो ।
धान झुल्ने खेत अनि मन पगाल्ने हरिया फाँट
नागवेली डाँडा खोला ताल तालमा छ मेरो माटो ।
तन मनले कर्मगरी बाँचेको छु आज पनि
सुख दुःख अनिकाल र सहकालमा छ मेरो माटो ।
रत्तिभर झुकाउँदिन शिर मेरो सगरमाथा
म संगैको आकाश अनि पातालमा छ मेरो माटो
शाहदेब कटवाल
केत्तुके ५ हाल यू ए ई
No comments :
Post a Comment