Monday, July 16, 2012

123.एउटा भुत आयो सुटुक्क हिजो राति

एउटा भुत आयो सुटुक्क हिजो राति
छेउमै बस्यो पार्यो भुत्तुक्क हिजो राति

हेर्दा लाग्यो आकृती केटीकै हो पक्कै
चिमोट्यो थोरै मुटु कुटुक्क हिजो राति

केटी भुतलाई किच्कन्या भन्दा रैछन सबै
संगै सुती खाटमा लुटुक्क हिजो राति

होस्मै हो कि बेहोसमा थाहै भएन
थोरै पानी खाए घुटुक्क हिजो राति

डराइ डराइ बित्यो बेहोसिमै रात
छायो उशा किरन पुलुक्क हिजो राती 

एउटा भुत आयो सुटुक्क हिजो राति
छेउमै बस्यो पार्यो भुत्तुक्क हिजो राति


Bhaktapur
नविन नेपाल

No comments :

Post a Comment