Tuesday, July 17, 2012

124.गीत कसरी गाऊँछन, गाउनेलाई


गीत कसरी गाऊँछन, गाउनेलाई थाहा होला 
माया कसरी लाऊँछन,लाउनेलाई थाहा होला

टिप्न खोज्छन सबैजना,प्रीतको सुन्दर फूल
फूल टिप्न बगैचामा, धाउनेलाई थाहा होला

अनविज्ञ छू-म कस्तो हुन्छ, प्रेमको कोसेली
नाना-थरी उपहार त्यो, पाउनेलाई थाहा होला

पर्खि बस्नु देउरालीमा, भेट्न आऊँछू भन्थीन
धांति रोहितलाइ भेट्न,न'आउनेलाई थाहा होला

Butwal,Rupandehi
Present,Kabul,AFG


No comments :

Post a Comment