म त्यो बगरमा, सुन फलाउँछु ।।
म मेरो देश अब , आफै बनाउँछु ।।
दिन्छन् निरन्तर, पुग्ने गरी मलाई
हो त्यहि धर्तिमा, हलो चलाउँछु ।।
हेर्नुस् त ती जाँगरिला, कमिलाहरुलाई
म पनि त्यस्तै..., पसिना बगाउँछु ।।
मलाई चाहिएन, सुनका महलहरु
म बरु सानै..., झुपडिमा रमाउँछु ।।
स्वाभिमान सगरमाथाझैं अटल भएको
यहाँ म हर ढुकढुकिमा.., बुद्ध पाउँछु ।।
हिमाल पहाड तराई दुख्दा म दुख्छु
सबै नेपाली रमाउँदा म मुस्काउँछु ।।
राम शरण श्रेष्ठ
चिसापानी-6 रामेछाप ।
http://chisapaninepal.blogspot.com/
म मेरो देश अब , आफै बनाउँछु ।।
दिन्छन् निरन्तर, पुग्ने गरी मलाई
हो त्यहि धर्तिमा, हलो चलाउँछु ।।
हेर्नुस् त ती जाँगरिला, कमिलाहरुलाई
म पनि त्यस्तै..., पसिना बगाउँछु ।।
मलाई चाहिएन, सुनका महलहरु
म बरु सानै..., झुपडिमा रमाउँछु ।।
स्वाभिमान सगरमाथाझैं अटल भएको
यहाँ म हर ढुकढुकिमा.., बुद्ध पाउँछु ।।
हिमाल पहाड तराई दुख्दा म दुख्छु
सबै नेपाली रमाउँदा म मुस्काउँछु ।।
राम शरण श्रेष्ठ
चिसापानी-6 रामेछाप ।
http://chisapaninepal.blogspot.com/








No comments :
Post a Comment