Tuesday, July 24, 2012

133.म नै पहिले मर्छु अनि डोली चढ्नु तिमि


म नै पहिले मर्छु अनि डोली चढ्नु तिमि
नर्क बसाइ सर्छु अनि डोली चढ्नु तिमि

हेर्न चाहान्न सिंउदो,त्यो अरुले कोरेको
जंघार मनै तर्छु  अनि डोली चढ्नु तिमि

निर्दोष हुँदा पनि,तिमीले नै दोषी ठान्यौं
पात भएर झर्छु,अनि डोली चढ्नु तिमि

सोंचेउ होला मै पापी,तिम्रो कठोर मनले
चितामा म पर्छु, अनि डोली चढ्नु तिमि

http://rohitmagar.blogspot.com/
रोहित राना
बुटवल,रुपन्देही
हाल-काबुल,अफगानिस्थान

No comments :

Post a Comment