बचन् दिने हरु बाटै,,,,,ढाटिएछु म तआफ्नो भन्ने उनै संग,फाटिएछु मत||
पापी मन्, का धनी हरु,घात गर्दा रैछन्
ब्यार्थ आज पिठो संगै,साटिएछु म त||
सुन्दर्ताको पारखी मन्,खुसी राख्न लाई
मागी मागी जडौरी ले,,ठाँटिएछु म त||
खोल्न पर्ने सारा कुरा,थाँती राख्नु पर्यो
बाध्यता ले मुखै थुन्दा,लाटिएछु म त||
बिस्वासको घाँटी रेट्ने,,,पापी हात बाट
ढाल्न लाई फेदै देखि,,,काटिएछु म त||
योगेन ढोली
काठमाडौँ ,नेपाल







No comments :
Post a Comment