Saturday, July 28, 2012

138.संघर्षका पाइलाहरु चालेर अघि बढ्नु तिमि


संघर्षका पाइलाहरु चालेर अघि बढ्नु तिमि
मन भित्रका पिरव्यथा फालेर अघि बढ्नु तिमि

अवस्य सफलताले चुम्नेछन तिम्रा पाइलाहरु
विशाल लक्ष्य मनभरि पालेर अघि बढ्नु तिमि

शुभकामना तिमीलाई पुष्प गुच्छा अर्पण गर्छु
कठोर सबैका हृदयहरु गालेर अघि बढ्नु तिमि

समयले निम्त्याउने छ पक्कै सुनौलो बिहान
विद्रोहका खम्बाहरु ढालेर अघि बढ्नु तिमि

आउनेछ पक्कै  हरियाली खरेदी सबै हराएर
तिर्काएको बोटमा पानी हालेर अघि बढ्नु तिमि

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

No comments :

Post a Comment