Saturday, July 28, 2012

137.दुख्नै छोड्यो मुटु अब, चोटहरु ........खाइ खाइ

दुख्नै छोड्यो मुटु अब, चोटहरु ........खाइ खाइ
आफ्नै नाम बदनाम गर्यौ, झुठोमाया लाइ लाइ

कीन सुम्पे मुटु मेरो, नीर्मोही को ...बिश्बाश गरि
करौती हो तिम्रो माया, भन्ने थाहा........पाइ पाइ

कहाँ गए तीम्रा बाचा, संगै मर्ने .........कसमहरु
भन्ने गथ्र्यौ तीम्रै हु म, मेरो सामु ......आइ आइ

खुसि रैछ् तीम्रो अन्तै, मैले भन्दा ........धेरै दिने
भन्यौ किन बस दिलमा, आर्कैलाई .....चाही चाही

सपना हज्जार देखाएर, यहाँ सम्म.........डोहोऱ्यौ
आज मुटु झीकी दिदा, कीन भन्यौ ......नाइ नाइ

No comments :

Post a Comment