Saturday, July 28, 2012

136.जन्म घर र देशको माटो सम्झिन्छु।

जन्म घर र देशको माटो सम्झिन्छु।
भञ्ज्याङ्ग चौतारी अनी बाटो सम्झिन्छु॥

सम्पति समेट्न तँछाड मछाड।
छुट्टिंदा टुक्राएको पाटो सम्झिन्छु॥

जस्ताको तस्तै समाज समर्थमा।
परिवारमा पारेको फाटो सम्झिन्छु॥

बाध्यताले बिदेशिनु परेको क्षण।
व्यवहारले डामेको टाटो सम्झिन्छु॥

चौरासी ब्याँञ्जन पनी बिलिन लाग्छ।
झलझली गुन्द्रुकमा आँटो सम्झिन्छु॥

कृष्ण पौड्याल 
बम्घा एक गुल्मी

No comments :

Post a Comment