Wednesday, July 25, 2012

135.कालो बजार यहाँ धन उस्तै छ ।


कालो बजार यहाँ धन उस्तै छ ।
निर्दयिको कठोर मन उस्तै छ ॥

बन्द हड्ताल चक्काजाम सधै ।
लुटेराको हतियार गन उस्तै छ ॥

एक्काईसौं सताब्दी आउदा सम्म ।
परिश्रमीको हातमा घन उस्तै छ ॥

परिवर्तन भयो कसरी भनौ ।
पहाडको वास स्थान बन उस्तै छ ॥

आशा कस्को गर्नु दल भाँडिए पछी ।
सरकारको समस्या झन उस्तै छ ॥

कृष्ण पौड्याल 
बम्घा एक गुल्मी

No comments :

Post a Comment