Wednesday, July 11, 2012

207.उद्धेश्य के छ तिम्रो मैले जान्न सक्छु की।

उद्धेश्य के छ तिम्रो मैले जान्न सक्छु की।
जिवनभरी अंगालोमा बान्न सक्छु की॥

को आफ्नो को बिरानो चिन्न मैले सकिन।
सबै छाडी तिमिलाई छान्न सक्छु की॥

सुन्दर फेश देखेपछी लोभिन्छ आँखा।
नजर झुकाई मै तिर तान्न सक्छु की॥

जती गर्यो उती थोरै प्रेमका शब्दहरु।
मायाको वाण हृदयमा हान्न सक्छु की॥

गरेको हैन जिद्दी ईच्छा भए भन।
बाचुन्जेल जिन्दगीलाई धान्न सक्छु की॥

कृष्ण पौड्याल 
बम्घा एक गुल्मी

No comments :

Post a Comment