Thursday, August 16, 2012

185.असफल मान्छे सँग जितको कुरा नगर।

असफल मान्छे सँग जितको कुरा नगर।
सुर्यास्तमा हराउने शितको कुरा नगर॥

भन्छौ तिमी मायाले मात्र चलेको छ संसार।
धोकेवाजको जमानामा प्रितको कुरा नगर॥

बजाईने संगितनै हो मन्दिरमा र बारमा।
अन्तर कती हुन्छ त्यो गितको कुरा नगर॥

हासो खुसी बाडेपनी आँशु एक्लै पिउनु पर्छ।
मेरो सामु कहिल्यै अब हितको कुरा नगर॥

समस्या र बाध्यतामै जिवन अन्त्य होला बरु।
स्वार्थी छ हाम्रो समाज रितको कुरा नगर॥


कृष्ण पौड्याल 
बम्घा एक गुल्मी

No comments :

Post a Comment