Thursday, August 16, 2012

186.उनको त्यो नाम नि बिर्से


उनको त्यो नाम नि बिर्से,पागल भए पछी
सधैं गर्ने काम नि बिर्से, पागल भए पछी

आवाज पनि हरायो , दृष्टि पनि बिलायो
आफु बस्ने ठाम नि बिर्से,पागल भए पछी

जपी रहन्थें प्रभुलाइ ,आपत बिपत पर्दा
हरे हरे राम नि बिर्से , पागल भए पछी

घाम देख्छु चन्द्र झैं ,चन्द्र  देख्छु घाम झैं
चन्द्र अनि घाम नि बिर्से,पागल भए पछी

भोक प्यास हराउने, मन झन् बेसी डराउने
सधैँ खाने माम नि बिर्से, पागल भए पछी

http://rohitmagar.blogspot.com/
रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
16th-August-12

No comments :

Post a Comment