Wednesday, September 12, 2012

243.हरेक दिन नयां गजल फुराउ कसरी ?


हरेक दिन नयां गजल फुराउ कसरी ?
मिल्नै पर्छ रे काफिया जुराउ कसरी ?

नलेखुं त लेखुं लाग्छ नसै भयो गजल
सानो भयो शब्दकोश पुराउ कसरी ?

खारिएको लेख्न सके मनै हुन्छ दङ्ग
घाम लाग्दैन गजलमा झुराउ कसरी ?

मैले नलेखे अग्रज लेख्छन बिषय पाइन्न
बिस हजार गजलकारलाई कुराउ कसरी ?

लौन साथीहो केहि उपाए बताउ अब
लोसे भयो नबिन भन्छन सुराउ कसरी


नबिन नेपाल
भक्तपुर

No comments :

Post a Comment