बेनामिको बस्ति भित्र, नाम खोज्नु ब्यर्थ हुन्छ ।अन्धकार दुनियामा , घाम खोज्नु ब्यर्थ हुन्छ ।।
ठुला ठुला महलमा आफ्नो स्वार्थ पुरा गरि,
गरीबीको झुप्रो माथि, दाम खोज्नु ब्यर्थ हुन्छ ।।
राम्रो बाटो सिकाउदा अबरोध गर्नेलाइ ,
रावनको मन भित्र , राम खोज्नु ब्यर्थ हुन्छ ।।
उपलब्धि हुन खोज्दा यदि घात भयो भने,
जिन्दगीको भार थेग्ने, थाम खोज्नु ब्यर्थ हुन्छ ।।
समयको चक्र सगँ लड्दा लड्दै कुनै बेला,
हात पाउ टुटे पछि, काम खोज्नु ब्यर्थ हुन्छ ।।
रत्न शमशेर थापा 'निर्दोषि'
गजुल - रोल्पा
हाल - दोहा, कतार







No comments :
Post a Comment