गाँठो पार्नु भन्दा पनि फुकाउन गार्होइमान्दारी ठाडो शिर झुकाउन गार्हो||
सम्झनाले सताउदा बगी दिन्छ आँशु
बगे पछी अश्रुधारा सुकाउन गार्हो||
बहकिन्छ मन मुटु ढुङ्गा हैन मेरो
बेदनाका पोका हरु लुकाउन गार्हो||
साँवा ब्याज जोड्दा जोड्दै पाखो बारी गयो
अभाबमा खाको ऋण चुकाउन गार्हो||
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल -साउदी अरब







No comments :
Post a Comment