इन्द्रेणीको रंग चोरी उनि माथि छर्न पाए
संसारको खुशी दिंदै ओठ्मा हाँसो भर्न पाए !!
मेरी मुटु मेरी प्राण ढुक्ढुकिको जिन्दगीमा
बसन्ताको बहार भै दुख पिडा हर्न पाए !!
फुल जस्ती प्रियसीको अंगअंग चुम्ने पानी
साउनको झरी बनि बर्सिएर झर्न पाए !!
कल्पनाको दुनियामा रम्न छोडी आजै बाट
मायाँ बोक्ने बस्ति संगै उतै डेरा सर्न पाए !!
बाँचे संगै बाँच्ने अनि मर्नु परे संगै मर्दै
जुनी जुनी नछुटिने चोखो बाचा गर्न पाए !!
बन्दकीमा राखेको यो जिन्दागानी सुम्पिएर
भाग्यमानि हुन्थें होला उन्कै लागि मर्न पाए !!
बसु विदारी
bidari.basu@yahoo.com
Basu Bidari

No comments :
Post a Comment