संजय कुमार खड्का |
यात्रा संगै तय गर्न तिम्रै साथ माग्या त हो |१|
तिम्रो साथ पाएँ भने सुनौलो त्यो जिन्दगी नै
सधै भरी नभए नी एउटै रात माग्या त हो |२|
कुराले नै मन्त्रमुग्द बनाउने धोको मेरो
माया गर्न जान्दिन र मिठा बात माग्या त हो |३|
बेलैमा नै चाखी हेर मधुर मिठो रस कस्तो
यौवनको मस्तमग्न थोरै मात माग्या त हो |४|
मायामा नै शक्ति हुन्छ निस्वार्थले भरिएको
बुझिदेउन सानु मायाको नै खात माग्या त हो |५|
संजय कुमार खड्का
रामेछाप देउराली -८
हाल :- साउदीअरब
एडमिन ज्यू यहाँ लाइ धेरै धेरै धन्यवाद | मेरो गजल मन पराइएर् यहाँ राखी दिनु भएछ खुशी लग्यो |
ReplyDelete