सजल छन् नयनहरु भित्र आत्मा जले जस्तो
गंभिर देख्छु मुहार तिम्रो जिन्दगी नै ढले जस्तो ।
शून्यतामा टोलाएर किन हेर्छौ क्षितिजपारि
लाचार देख्छु पाऊ तिम्रो आशाहरु गले जस्तो ।
किन जिउछौ गुमनामीमा जिन्दगी हो जिउनु पर्छ
देख्छु सधैं आफैलाई आफैसंग छले जस्तो ।
उदासी छ आँखाभरी कता हिड्यौ वेहोशीमा
हृदयमा निराशाको आँधीवेहरी चले जस्तो ।
आफैसंग प्रश्न सोध्छु छैन उत्तर खोजे जस्तो
जिउनु पर्ने जिन्दगानी अफ्ठ्यारोमा फले जस्तो ।
टि.बि सागर
धरान,सुनसरी
No comments :
Post a Comment