
नसालु नयन यो बादल सँग खुलु खुलु लाग्यो
उमेर मेरो सोर लाग्यो बाला पन कहाँ भाग्यो
लजालु रुपैको मात हाँगा सँगै झुलु झुलु लाग्यो
उड्दैछु हावाझैँ गरी लाली चढ्यो यो अङ्ग भरी
रङ्गी चंगी फक्रिएको फूल सँगै फुलु फुलु लाग्यो
दिन भरी चिठी लेख्छु सँगै भएको सपना देख्छु
छाती भरी अंगालेर फोटो हेर्दै भुलु भुलु लाग्यो
बसमा छैन मेरो मन उस्कै यादले बढ्छ धड्कन
उनै भेट्ने चाहना बोकी चारै तिर डुलु डुलु लाग्यो
☆•*¨★ S.P ★¨*•☆
शान्ति पाख्रिन,
No comments :
Post a Comment