ओठभरि खुशी फूलाई, हाँस्नै गाह्रो भयो हजुर !
.
बग्छ आँसु सिसासरी चर्किएर दुख्दा छाती ,
परेलीमा स्वप्नसुन्दर साँच्नै गाह्रो भयो हजुर !
.
पहाड जति तेरो भन्छन्, तराई सबै मेरो भन्छन् ,
सिंगो देश छाती माथी, टाँस्नै गाह्रो भयो हजुर !
.
अविश्वासको फाटो बढ्यो, नेपालीमै आज यहाँ ,
भावनाको एउटै माला, गाँस्नै गाह्रो भयो हजुर !
.
उजाड हुँदा बन पाखा, रुँदै छ त्यो डाँफे पनि ,
बिचरोलाई हाँस्दै रम्दै, नाँच्नै गार्हो भयो हजुर !
.
टिका खड्का (राष्ट्रप्रेमी)
मधुमल्ला-४
मोरंग ,
No comments :
Post a Comment